राजनीति


महोत्तरी १ बाट रास्वपाका प्रमोदकुमार महतो भारी मतान्तरले विजयी

महोत्तरी १ बाट रास्वपाका प्रमोदकुमार महतो भारी मतान्तरले विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार ८:९, काठमाडौँ

महोत्तरी १ मा नेकपाका गिरिराजमणि पोखरेललाई पराजित गर्दै रास्वपाका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्। 

अन्तिम मत परिणामअनुसार ३४ हजार ६३६ मतसहित महतो विजयी भएका हुन्। 

पोखरेलले १२ हजार ६२४ मत मात्रै पाएका छन्। 

यो क्षेत्रबाट एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत पाउँदा कांग्रेसका मुकेश काफ्लेले ६२१३ मत पाएका निर्वाचन आयोगले जनाएको छ। 

अघिल्लो निर्वाचनमा नेकपाका पोखरेल एमालेका कोइरीसँग पराजित भएका थिए। 

सोही क्षेत्रबाट ०६४, ०६९ र ०७४ मा तीनपटक चुनाव जितेका पोखरेलले महोत्तरी १ बाट लगातार दोस्रो हार बेहोरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad