राजनीति


पाँचथरबाट कांग्रेसका नरेन्द्र केरुङ निर्वाचित

पाँचथरबाट कांग्रेसका नरेन्द्र केरुङ निर्वाचित

नेपालखबर
फागुन २४, २०८२ आइतबार ५:१३, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन्। 

निर्वाचन आयोगका अनुसार, कांग्रेसका केरुङ १७ हजार २३३ मत पाएर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाएका छन्। 

त्यस्तै, नेकपा (एमाले)का अइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हर्कबहादुर नेम्वाङले ११ हजार ४४३, रास्वपाका महेन्द्र विक्रम थाम्सुहाङले ४ हजार १९७ र राष्ट्रिय पपरिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २ हजार ८२५ मत पाएका छन्। 

यससँगै नेपाली कांग्रेसले अहिलेसम्म १३ सिट जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad