हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
खोटङबाट आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो।
२९ वर्षीय राई १६ हजार ६१२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेबाट उम्मेदवार बनेका ५६ वर्षीय देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन्। उनीहरूको मतान्तर तीन हजार ८९८ छ।
यो क्षेत्रबाट कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेकपाका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ।
यहाँ रास्वपाका रुद्र गिरी पाँचौँ भएका छन्। उनले ५ हजार ७०४ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरि राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९४७ र राप्रपाका दिपक तामाङले ४७७ मत पाएका छन्।
177
Shares

प्रतिक्रिया