राजनीति


गगन पराजित बनेको सर्लाही ४ मा समानुपातिकतर्फ पनि रास्वपालाई लोभलाग्दो मत

गगन पराजित बनेको सर्लाही ४ मा समानुपातिकतर्फ पनि रास्वपालाई लोभलाग्दो मत

नेपालखबर
फागुन २६, २०८२ मंगलबार ८:३६, काठमाडौँ

कांग्रेस सभापति गगनकुमार थापा पराजित बनेको सर्लाही ४ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकप्रिय मत पाएको छ । 

थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह विजयी भएको सर्लाही ४ बाट रास्वपाले समानुपातिकतर्फ ४५ हजार ५१६ मत प्राप्त गरेको हो।

कांग्रेसले सर्लाही ४ बाट समानुपातिकमा १८ हजार ८१ मत मात्रै प्राप्त गरेको छ।

यहाँ रास्वपाले प्रत्यक्षमा पाएकोभन्दा धेरै मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा देखिन्छ। यहाँबाट सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए।

समानुपातिकतर्फ सर्लाही ४ मा ७८ हजार ८१ मत खसेको थियो। जसमध्ये ७५ हजार ४६३ मत मात्र सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यहाँ तेस्रो मत एमालेले पाएको छ। एमालेको सूर्य चिह्नमा यहाँ ५ हजार ५३६ मत परेको छ। त्यसैगरि जनमतले १५ सय ९० मत पाउँदा नेकपाले १२ सय १५ मत पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad