राजनीति


पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

नेपालखबर
चैत ७, २०८२ शनिबार १७:१८, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। 

शनिबार देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। देउवाको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गर्नु भएको छ।’

उनी पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको जनाइएको छ। ‘सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ हङकङ जानु भएको हो,’ सचिवालयले भनेको छ। 

हङकङमा थप उपचार गरेर देउवा स्वदेश फर्किने जनाइएको छ। सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ।’

देउवा पछिल्लो पटक स्वास्थ्य उपचारका लागि गत फागुन १४ गते सिंगापुर प्रस्थान गरेका थिए। जेनजी आन्दोलन भएको आक्रमणबाट घाइते भएका देउवा दम्पतिको सिंगापुरमै उपचार भएको थियो। 

पछिल्लो पटक ‘फलोअप’का लागि सिंगापुर गएका उनी उतैबाट हङकङ प्रस्थान गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad