राजनीति


कार्की आयोग निष्पक्ष छैन भन्ने कुरा प्रतिवेदनले नै पुष्टि गर्‍यो: एमाले महासचिव

कार्की आयोग निष्पक्ष छैन भन्ने कुरा प्रतिवेदनले नै पुष्टि गर्‍यो: एमाले महासचिव

नेपालखबर
चैत १२, २०८२ बिहिबार ११:५८, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोग निष्पक्ष नरहेको कुरा उसकै प्रतिवेदनले पुष्टि गरेको दाबी गरेका छन्। 

बिहीबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ।’

उनले अगाडि लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ। सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ।’

एमाले महासचिव पोखरेलले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको बताएका छन्। 

‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ। अबको बाटो सजिलो नहुन सक्छ- राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ’, उनले लेखेका छन्, ‘यस्तो अवस्थामा 'नयाँ शक्ति' र 'नेतृत्व'लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ।’

तर लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीको समाधानको बाटो र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प नभएको जिकिर पोखरेलले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad