राजनीति


घुससहित पक्राउ परेका यातायात अधिकृत भेटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुससहित पक्राउ परेका यातायात अधिकृत भेटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालखबर
चैत १२, २०८२ बिहिबार १७:४५, काठमाडौँ

यातायात व्यवस्था कार्यालय हेटौंडाका अधिकृत अमृत भेटुवाल र बिचौलिया खगेन्द्र पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। सवारी सरूवा  सहमति गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकृत भेटुवाल र लेखापढी व्यवसायी पौडेलको आपसी मिलेमतो तथा योजनामा सेवाग्राहीसँग घुस माग गरी बार्गेनिङ गरिएको अनुसन्धानबाट खुलेको छ। ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

आयोगले अधिकृत अमृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को "दफा ३ को उपदफा (१)" बमोजिमको कसुरमा ११ हजार ५ सय रुपैयाँ बिगो कायम गरेको छ। निजलाई सोही ऐनको "दफा ३ को उपदफा (१) को देहाय (क)" बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गर्न मागदाबी लिइएको छ।

त्यसैगरी, बिचौलियाको भूमिका निर्वाह गर्ने खगेन्द्र पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको माग गरिएको छ। दुवै प्रतिवादीको पूर्वयोजना र सहमतिअनुसारै घुस लेनदेन भएको पुष्टि भएपछि आयोगले आज विशेष अदालतमा आरोपपत्र दर्ता गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad