राजनीति


अब आवेदन दिएको दिनमै श्रम स्वीकृति, थप ५ मुलुकसँग श्रम सम्झौता गर्ने तयारी

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति, थप ५ मुलुकसँग श्रम सम्झौता गर्ने तयारी

नेपालखबर
चैत १५, २०८२ आइतबार २१:४२, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन दिएका छन्। 

मन्त्रीको निर्देशनअनुसार आजैदेखि उल्लिखित कार्य प्रारम्भ गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

मन्त्रालयमा आज बसेको बैठकमा मन्त्रिपरिषद्को यही चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू माथि छलफल गरिएको छ। 

बैठकमा यस्तै, थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी नियन्त्रण गर्ने तथा श्रमिकको सुरक्षाका लागि बैठकले विभिन्न १० बुँदे निर्णय गरेको छ। 

यस्ता छन् १० बुँदे निर्णयहरू
१) श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन भए अनुसार आजै देखि उल्लिखित कार्य प्रारम्भ गरिएको छ।

२) पूर्व प्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य समाग्री निर्माण गरी डिजिटल मध्यममा उपलब्ध हुने व्यवस्था गर्ने।

३) पूर्व प्रस्थान अभिमूखीकरण तालिम लाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आधारित बनाउने।

४) योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान संचालन गर्ने।

५) श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने ।

६) श्रमाधान योजनालाई आन्तारिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने।

७) औद्योगिक प्रतिष्ठानहरुमा जोखिम मूल्यांकन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाप्रवर्द्धन गर्ने।

८) उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने।

९) थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने।

१०) मन्त्रालयसँग सम्बन्धित कानुनहरुमा समसामयिक सुधारका अन्तरबस्तुहरु पहिचान गरी प्रक्रिया अगाडि बढाउने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad