राजनीति


बालेनले सांसदलाई भने- अब सांसदले फाइल बोकेर हिँड्न आवश्यक छैन

बालेनले सांसदलाई भने- अब सांसदले फाइल बोकेर हिँड्न आवश्यक छैन

नेपालखबर
चैत १६, २०८२ सोमबार १५:२, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अब सांसदहरूले फाइल बोकेर हिड्न आवश्यक नभएको बताएका छन्। 

सोमबार कोसी प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफलका क्रममा प्रधानमन्त्री शाहले विकास निर्माणका काम प्रक्रियागत रुपमा हुने बताएका हुन्। ‘सांसदले फाइल बोकेर हिड्न आवश्यक छैन। विकास निर्माणको प्रक्रिया त भइहाल्छ’ शाहले भने। 

उनले यस वर्षलाई सुशासनका वर्षका रुपमा अघि बढाउने बताए। ‘यो वर्ष सुशासन वर्ष मनाउन सम्भव छ कि छैन, सुशासनको जगमा अरु विकास निर्माण अघि बढ्छ,’ उनले भने। 

सोमबार अपराह्न प्रधानमन्त्री शाहले कोसी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग योजना र विकास निर्माणको विषयमा छलफल गरेका थिए। करिब ३ घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

अहिले प्रधानमन्त्री शाहले कर्णाली प्रदेशका सांसदसँग छलफल गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad