राजनीति


ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङ पुगे साइबर ब्यूरो

ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङ पुगे साइबर ब्यूरो

नेपालखबर
चैत १६, २०८२ सोमबार १५:४०, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफू विरूद्ध ज्यानमार्ने धम्की आएको भन्दै साइबार ब्यूरोमा उजुरी दिएका छन्। सोमबार उनले साइबर ब्यूरोमा लिखित उजुरी दिएका हुन्।
 
सुनिता खड्का नामको टिकटक आईडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएको साम्पाङको उजुरीमा उल्लेख छ। साम्पाङले साइबर ब्यूरोमा दिएको उजुरीमा भनिएको छ– मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसंचार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालि गलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको काुन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad