राजनीति


प्रधानमन्त्री शाहको प्रेस सहजकर्तामा बजगाईँ नियुक्त

प्रधानमन्त्री शाहको प्रेस सहजकर्तामा बजगाईँ नियुक्त

नवनियुक्त प्रधानमन्त्री बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँ


नेपालखबर
चैत १७, २०८२ मंगलबार १८:७, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ नियुक्त भएका छन्। प्रधानमन्त्री शाहले ललितपुरका बजगाईँलाई मंगलबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी तोकेका हुन्।

शाह यसअघि काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) रहँदा पनि बजगाईँले नै प्रेस सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। शाहले प्रधानमन्त्री बनेपछि पनि उनैलाई पछि सचिवालयमा भित्र्याएका हुन्।

नवनियुक्त प्रेस सहजकर्ता बजगाईँले प्रधानमन्त्रीको सचिवालय र सञ्चारमाध्यमहरूबीचको समन्वयकारी भूमिका निर्वाह गर्नेछन्।  प्रधानमन्त्रीको सचिवालयका अनुसार बजगाईँलाई राजनीतिक नियुक्तिअन्तर्गत विज्ञको सुविधा पाउने गरी उक्त पदमा राखिएको हो ।

कार्यालयले उनको नियुक्तिको औपचारिक पत्र मंगलबारै हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad