राजनीति


प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १८:४६, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। 

शुक्रबार प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पत्रकार दाहाललाई प्रेस तथा अनुसन्धान विज्ञ नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्ने जनाइएको छ। 

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइनमा काम गरेको अनुभव छ। उनी पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताको रुपमा कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्वको प्रशिक्षक पनि हुन्। उनले ‘कोभिडः नसोचेको, नभोगेको संकट’ पुस्तक लेखकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad