राजनीति


पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठक

पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठक

नेपालखबर
चैत २३, २०८२ सोमबार १३:१५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को समीक्षा सहितका एजेन्डामा छलफलका लागि नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठक बोलाएको हो। 

यसअघि गएको बिहीबार पनि नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठक बसेको थियो। सो बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावी समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए।

आजको बैठकमा पनि चुनावी समीक्षासँगै पार्टीको आगामी महाधिवेशन, आगामी कार्य योजना लगायतका एजेन्डामा छलफल हुने नेकपाले जनाएको छ। 

पार्टी संयोजक प्रचण्डले गएको निर्वाचनमा आफ्नो पार्टीका केही केन्द्रीय सदस्यहरुले नै पार्टीलाई मत नदिएको आरोप लगाउँदै आएका छन्।

उनले अन्य दलमा भोट हाल्ने नेकपाका नेतालाई कारबाही गर्ने चेतावनीसमेत दिँदै आएका छन्। 

केही दिनअघि जनवर्गीय संगठनका नेताहरूको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले नेकपाका केन्द्रीय सदस्यहरूले नै घण्टीमा भोट हालेको रिपोर्ट आफूलाई आएको बताएका  थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad