प्रतिनिधि सभाको उपसभामुखमा राप्रपाबाट सरस्वती तामाङ उम्मेदवार बन्ने भएकी छन्।
राप्रपा नेतृत्वले तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेका हो। ‘रास्वपाले समर्थन गरेपछि पार्टीले मलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय लिएको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘अब मनोनयन दर्ता गर्छु।’
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सपभाति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच उपसभामुखलाई लिएर छलफल भएको थियो। छलफलमा उपसभामुखमा रास्वपाले राप्रपालाई समर्थन गर्ने सहमति भएको थियो।
651
Shares

प्रतिक्रिया