राजनीति


संसदीय दलको नेता चयनका लागि कांग्रेसले आज सांसदहरूसँग छलफल गर्ने

संसदीय दलको नेता चयनका लागि कांग्रेसले आज सांसदहरूसँग छलफल गर्ने

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार ११:४८, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ।

दलको नेता चयनका लागि कांग्रेसले समिति नै गठन गरेको छ।

सो समितिले आज दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए। 

सबै दलले संसदीय दलको नेता चयन गरे पनि आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसले अझै नेता चयन गर्न सकेको छैन। 

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसका ३८ सांसद छन्। 

दलको नेतामा कांग्रेसका पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्य लगायतले दाबी गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad