राजनीति


पूर्णबहादुर खड्काले बोलाए असन्तुष्ट पक्षको बैठक

पूर्णबहादुर खड्काले बोलाए असन्तुष्ट पक्षको बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८३ शनिबार ११:३४, काठमाडौँ

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालतले आधिकारिक मान्यता प्रदान गरेपछि कांग्रेसको असन्तुपष्ट पक्षले बैठक बोलाएको छ। 

कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार दिउँसो बस्नेगरि बैठक बोलाएका हुन्। 

बैठक दिउँसो ४ बजे खड्का निवासमा बस्ने नेता प्रकाशशरण महतले बताए।  ‘अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुनेछ,’ नेता महतले नेपालखबरसँग भने। 

शुक्रबार राति सर्वोच्चले गत पुसमा भएको विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता प्रधान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। 

सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति  खड्काले दायर गरेको रिटसमेत खारेज गरिदिएको छ। 

बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएसँगै कांग्रेसको असन्तुष्ट पक्ष अब कसरी अघि बढ्ने अन्योलमा छ। 

सर्वोच्चको आदेशपछि नेता प्रकाशशरण महतले अब सभापति गगन थापाले असन्तुष्ट सबैलाई मिलाएर लैजानु पर्ने अभिव्यक्ति दिएका छन्। 

तर, नेता बिमलेन्द्र निधिले भने सर्वोच्च अदालतको आदेश मान्न नसकिने प्रारम्भिक प्रतिक्रिया दिएका छन्। 

थापा नेतृत्वले कांग्रेसले पार्टीको नियमित महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad