नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अब पार्टीलाई रुपमान्तरण गरेर लग्नुपर्ने बताएका छन्।
कांग्रेस कोसी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसलाई बलियो बनाउनकै लागि बदलेको बताए। ‘कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो,’ उनले भने।
पौडेलले समाज जस्तै गरी कांग्रेसलाई रुपान्तरण गर्न समेत आग्रह गरे। ‘हामीले अबको बाटो तय गरौँ, समाज जस्तै कांगेसलाई रूपान्तरण गरौँ,’ उनले भने।
यसका लागि १५औँ महाधिवेशनबाट एकता र सहमति कायम गर्नुपर्ने भन्दै त्यसबाट मात्र संगठन बलियो हुने बताए।
9
Shares

प्रतिक्रिया