पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन्।
पारिवारिक र धार्मिक याताको क्रममा ज्ञानेन्द्र पोखरा आएको भनिए पनि उनको यो आगमनलाई जनमत बुझ्ने र राजावादीहरुलाई एक ठाउँमा उभ्याउने उद्देश्यले निर्देशित भएको राजावादीहरुको भनाई छ।
ज्ञानेन्द्रलाई उनका समर्थकहरुले पोखरा एयरपोर्टमै स्वागत गरेका छन्।

ज्ञानेन्द्र अबको करिव १ महिना पोखरा बस्ने बताइएको छ। पोखराको लेकसाइडमा हालै संचालनमा आएको सोल्टी होटलमा उनको बास हुनेछ।
यहाँ बस्दा उनले शुभेच्छुकहरुसँग भेटघाट गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अरुण गिरीले बताए।
नागरिक समाजको तर्फबाट भन्दै पूर्वपत्रकार केशव भण्डारीको संयोजकत्वमा गठित स्वागत समितिको तर्फबाट स्वागतको चाँजोपाँजो मिलाइएको थियो।
54
Shares

प्रतिक्रिया