राजनीति


बालेन सरकारको काम हेर्नुछ, मूल्यांकन समय भैसकेको छैन: कमल थापा

बालेन सरकारको काम हेर्नुछ, मूल्यांकन समय भैसकेको छैन: कमल थापा

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १६:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन सरकारको मूल्यांकन गर्ने समय भैनसकेको बताएका छन्। 

मे दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुक, जनता र प्रजातन्त्रको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको चर्चा गरे।

थापाले समाजको हरेक क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप र दलीयकरणको न्यूनीकरणमा केही सकारात्मक कदम चालेको देखिएको भन्दै उनले प्रशंसा समेत गरे। 

उनले जेन्जी आन्दोलन  र निर्वाचन पछि काङ्ग्रेस एमाले प्रति जनताको ठूलो आक्रोश रहेको तर राप्रपाप्रति नभएको भन्दै त्यो समयको राप्रपाले सदुपयोग गर्न नसकेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad