राजनीति


सुदन किराती भन्छन्: नेपाललाई कुलिनहरूको राज्य बनाउन खोजिएको छ

सुदन किराती भन्छन्: नेपाललाई कुलिनहरूको राज्य बनाउन खोजिएको छ

नेपालखबर
बैशाख २०, २०८३ आइतबार १९:५३, काठमाडौँ

पूर्वमन्त्री सुदन किरातीले नेपाललाई ‘ओलिगार्ची स्टेट’ (कुलिनहरूको राज्य) बनाइएको बताएका छन्। 

वास्तविक सुकुम्बासी र कमजोर वर्गमाथि अमानवीय व्यवहार भइरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालको उपयोग र दुरूपयोग गरी आमजनता विरोधी भाष्य निर्माण गरिएको बताए।

सामाजिक सञ्जालमै किरातीले जनताको बाँच्न पाउने अधिकार र  आत्मसम्मानमाथि राज्यको सशस्त्र शक्तिको दुरूपयोग गर्दै डोजर चलाएको बताएका छन्। 

‘सबैले स्वीकार गरेकै कुरा हो सुकुम्बासीको नाममा हुकुमबासीलाई सजाय गर्नैपर्छ तर होलसेलमा निर्दोष, वास्तविक सुकुम्बासी र कमजोर वर्गमाथि अमानवीय व्यवहार भइरहेको छ। सामाजिक सञ्जालको उपयोग र दुरूपयोग गरी आमजनता विरोधी भाष्य निर्माण गरिएको छ। नेपाललाई ओलिगार्ची स्टेट (कुलिनहरूको राज्य) बनाइएको छ।’

गास बासको संवैधानिक अधिकारबारे जनतासँग रास्वपाले गरेको करार र अन्तराष्ट्रिय मानव अधिकारको बडापत्र कुण्ठित गरिएको बताए।

पुराना पार्टीहरूले जनताको विश्वास गुमाएको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह हिटलर र मुसुलोनी बन्ने सपना जागेको बताए।

नेता किरातीले अग्रगामी दृष्टिकोणसहित नागरिकको आवाजलाई पुनःजागृत र सशक्त बनाउँदै, नागरिकको जनजीविका र आत्मसम्मानको मुद्दालाई अझ स्पष्ट र प्रभावकारी रूपमा अघि बढाउन साझा अभियानको आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad