राजनीति


बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १५:४५, काठमाडौँ

सरकारले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो। राष्ट्रपतिबाट अधिवेशन आह्वान पनि भएको थियो। तर, सरकारको आह्वानमा स्थगित भएको थियो। 

यो अवधिमा सरकारले केही अध्यादेश ल्याएको छ। राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो। 

राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। यहि अधिवेशनमा बजेट आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad