राजनीति


संविधान संशोधन समितिले बोलायो पूर्वमहान्यायाधिवक्ता

संविधान संशोधन समितिले बोलायो पूर्वमहान्यायाधिवक्ता

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह


नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:२१, काठमाडौँ

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागिएको हो।

छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाब  संकलन गरिने छ। संविधान जारी भएको एक दशक पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले निर्वाचन प्रणााली, शासकीय सुधारसहितका विषयमा संशोधनका लागि कसरत गरिरहेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad