नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायू श्रेष्ठ चयन भएका छन्।
सरकारले अध्यादेशमार्फत सार्वजनिक निकायका पदाधिकारी हटाएपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि पदमुक्त भएका थिए।
शाक्य पदमुक्त भएपछि अर्को व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। उर्जामन्त्री विराज भक्त श्रेष्ठले उनलाई निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिएका हुन्।
श्रेष्ठ यसअघि प्राधिकरणका उपनिर्देशक थिए।
201
Shares

प्रतिक्रिया