राजनीति


सवाल पुराना र नयाँको होइन, सही र गलतको हो: प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो: प्रचण्ड

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १४:४५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्’ भन्ने भाष्यलाई सही नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भने, ‘पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन्। र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ। त्यही हो त सत्य? होइन।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गराए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ। दह्रो सहकार्य,’ उनले भने। 

प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे। ‘प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो। तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो,’ उनले भने। 

प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको बताउ। ‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो। पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ,’ उनले भने, ‘सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad