राजनीति


अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १७:४३, काठमाडौँ

सरकारले अत्यावश्यक बाहेक सामग्री खरिद नगर्न र भएसम्म मर्मत गरेर काम चलाउन सम्बन्धित सरकारी निकायहरूलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय एवम् निकायहरू तथा सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो।

‘कार्यालय प्रमुख नियुक्ति, पदस्थापन र सरुवासँगै कार्यालयमा प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने, सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने यन्त्र र उपकरण र सवारी साधनलाई मर्मत नगरी नयाँ खरिद गर्ने, ममर्तमा अस्वभाविक खर्च गरी राज्यकोषमा अत्याधिक भार सिर्जना गर्ने जस्ता कार्य भएको भनी व्यापक गुनासो आएकोले सो सम्बन्धमा कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामाग्रीहरू खरीद नगरी कार्यालयमा भइरहेका सामान र औजार उपकरण र फर्निचर र सवारी साधनहरूलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी गर्नु गराउनु हुन’ परिपत्रमा भनिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad