राजनीति


प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ भनेर एउटा उजुरी

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ भनेर एउटा उजुरी

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार २०:४, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ‘अतिगोप्य’ भनेर बिहीबार एउटा उजुरी आएको छ। 

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध अहिलेसम्म पाँच वटा उजुरी परेका छन्। बुधबारसम्म तीन वटा उजुरी आएका थिए भने बिहीबार थप दुई उजुरी आएको संसदीय सुनुवाइ समितिले जनाएको छ। 

बिहीबार आएका दुई वटा उजुरीमध्ये एउटामा ‘अतिगोप्य’ भनेर लेखिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले नेपालखबरलाई बताए। ‘आज दुई वटा उजुरी आएका छन्, त्यसमध्ये एउटामा अतिगोप्य भनिएको छ,’ उनले भने। 

संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेसँगै संसदीय सुनुवाइ समितिले सुनुवाइको प्रक्रिया अघि बढाएको थियो। सुनुवाइ समितिले १० दिन समय दिएर जेठ ४ गतेसम्म उजुरी दिन आह्वान गरेको छ। 

अहिलेसम्म उजुरी आउने क्रम जारी रहेको संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले बताए। अहिल्यै उजुरीका विषयमा केही भन्न नमिल्ने सचिव कँडेलले प्रतिक्रिया दिए। 

संसदीय समितिले चौथो वरीयताका डा. शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। त्यसमा विपक्षी दलहरू असहमति जनाउँदै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad