वेनले बुधबार भनेकी छन्,‘लोकतान्त्रिक ताइवान चीनको नियम र कानुन कहिल्यै स्वीकार्दैन र चीनले यस वास्तविकतालाई बुझेर शान्तिले बाँच्न सिक्नुपर्छ।’
वेन गत जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। ताइवानलाई अलग्याउने चीनको अभियानविरुद्ध राष्ट्रपति उनी कडा रुपमा प्रस्तुन हुने गरेकी छिन्।
स्वतन्त्र मुलुक भएकाले ताइवानले चीनको ‘एक देश दुई प्रणाली’ नमान्ने साई इंग–वेनले बताउँदै गर्दा उनको अडानमा चीन निकै निराश छ।
सन् २०१६ मा जब उनी सत्तामा आएकी थिइन् त्यसबेला देखि चीनले ताइवनसँग छलफल गर्न मानेको छैन। चीनले यस टापु राष्ट्रमा आर्थिक, सैन्य तथा कूटनीतिक दबाब बढाएको छ।
चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ। चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताउँदै आएको छ।
चीनले ताइवानलाई अलग देश मान्ने देशसँग कुटनीतिक सम्बन्ध पनि गाँस्दैन। एजेन्सी

प्रतिक्रिया