प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज (शनिबार) डीडीसीको पनिर खाँदै फेसबुकमा झुल्किएका छन्।
डीडीसीद्वारा उत्पादित चिज खाइरहेको तस्बिरसँगै उनले क्याप्सन लेखेका छन्, ‘से चिज, डीडीसीको चिज’।

उता प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै विपक्षी दलले आलोचना गरिरहेका बेला प्रधानमन्त्री बालेन फेसबुकमा भने बेलाबेला झुल्किरहेका छन्।
विपक्षी दलका कतिपय सांसदले उनलाई संसद्मा निष्क्रिय र फेसबुकमा सक्रिय भएको आरोप पनि लगाइरहेका छन्।
उनीहरूले संसद्मा उठेका प्रश्नका जवाफ फेसबुकबाट होइन, संसद्मै आएर दिन भनेर पनि टिप्पणी गरिरहेका छन्।
प्राय: कालो कोटमा देखिने प्रधानमन्त्री बालेनले फेसबुकमा सेतो पहिरन लगाएको तस्बिर शनिबार दोस्रोपटक राखेका हुन्।
यसअघि अघिल्लो शनिबार पनि बालेन फेसबुकमा आजकै पोसाकमा देखिएका थिए।
Shares

प्रतिक्रिया