राजनीति


न्युजिल्यान्डकी प्रधानमन्त्रीको प्रस्तावः अर्थतन्त्र उकास्न हप्तामा चार दिन मात्रै काम

न्युजिल्यान्डकी प्रधानमन्त्रीको प्रस्तावः अर्थतन्त्र उकास्न हप्तामा चार दिन मात्रै काम

नेपालखबर
जेठ ७, २०७७ बुधबार ९:२४,

न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले कोरोना–मन्दीपछि अर्थतन्त्र उकास्न हप्तामा चार दिन मात्रै काम गर्ने वातावरण मिलाउनेगरी सोच्न रोजगारदाताहरुलाई आग्रह गरेकी छन्।

यसले विदेशी नागरिक नआउँदा पनि आन्तरिक पर्यटनलाई बलियो बनाउने र श्रमिकका लागि काम र जीवनलाई व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाइ छ।

यद्यपि आर्डेनले अनौपचारिक रुपमा फेसबुक लाइभमार्फत यस्तो आग्रह गरेकी हुन्।

प्रधानमन्त्रीको यस्तो भनाइपछि न्युजिल्यान्डका बासिन्दा उत्साहित भएका छन्।

‘काम गर्ने दिन घटाएर सातामा चार दिन मात्रै बनाउनुपर्ने धेरै सुझाव आएका छन्। अन्ततः यो विषय रोजगारदाता र कामदारबीचको हो। तर, काममा लकचकता भए उत्पादकत्व बढ्न सक्छ,’ उनले भनेकी छन्।

‘यदि तपाईं रोजगारदाता हुनुहुन्छ र कामको अवधि घटाउनसक्ने अवस्थामा हुनुहुन्छ भने म तपाईंलाई यसरबारे सोच्न आग्रह गर्छु,’ उनले थपिन्, ‘किनभने यसले मुलुकको पर्यटन क्षेत्रमा निश्चय नै योगदान गर्छ।’

न्युजिल्यान्डको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको पर्यटन व्यवसाय महामारीका कारण चौपट भएको छ।

यद्यपि, महामारी रोक्न सफल भएपछि आर्डेनको लोकप्रियता भने आकाशिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad