राजनीति


प्रधानमन्त्रीलाई लिएर विपक्षी दलले विरोध गरेपछि संसद् बैठक स्थगित

प्रधानमन्त्रीलाई लिएर विपक्षी दलले विरोध गरेपछि संसद् बैठक स्थगित

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १४:४८, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

बिहीबार विपक्षी दलका सांसदले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरी विरोध जनाएका थिए। उनीहरूले विरोध जनाउन नछोडेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए। त्यसलगत्तै विपक्षी दलले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका हुन्। 

प्रतिनिधि सभाको नियमावलीको नियम ५६ (१) मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार, प्रधानमन्त्री आउनुपर्ने उनीहरूको भनाइ छ। 

आज जेठ ७ गते भएकाले पहिलो साता सकिन लागेको उनीहरूले स्मरण गराएका छन्। प्रधानमन्त्री शाह संसद्मा नआउँदासम्म विरोध जारी रहने विपक्षी दलका सांसदले जनाएका छन्। 

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाका सांसदले विरोध जनाएका हुन्। उनीहरूले विरोध यथावत राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad