नेकपा (एमाले)ले भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय संगठन विभाग गठन गर्न लागिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवाय बैठकमा संगठन विभागका प्रमुख र सदस्यको नाम प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीले ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।
त्यस्तै, सदस्यमा विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो, माधव ढुंगेल, चेतनारायण आचार्य, लालबहादुर थापा, तिलकबहादुर क्षेत्री, सरोजकुमार यादव, मञ्जु भण्डारी, राजबहादुर बुढा, आरसी लामिछाने, जीवन गौतम र जगत विश्वकर्मालाई प्रस्ताव गरिएको छ।
एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबार बोलाइएको छ। यसबारे शुक्रबारको बैठकबाट निर्णय हुने एमालेले जनाएको छ।
6.8k
Shares

प्रतिक्रिया