जिल्ला समन्वय समिति (जिसस), भक्तपुरको प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ।
थापाको सोमबार निधन भएको जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख सुजाता बाडे वैद्यले जानकारी दिइन्। आज उपचारकै क्रममा उनको निधन भएको वैद्यले बताइन्।
उपप्रमुख वैद्यका अनुसार, थापा एक महिनादेखि बिरामी थिए। उनी जिल्ला समन्वय समितिको कार्यालय पनि जान सकेका थिएनन्।
‘हामीले जानकारी पाएसम्म उहाँको लिभरसम्बन्धी समस्या थियो। पहिलो भक्तपुर अस्पताल उपचार गरिएको थियो,’ उनले भनिन्, ‘दुई हप्तायता त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।’
थापा २०७९ सालमा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुख निर्वाचित भएका थिए। उनी लामो समयदेखि एमालेमा सक्रिय रहेका थिए।
Shares

प्रतिक्रिया