राजनीति


प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य, यो सरकार भौगोलिक अखण्डता रक्षा गर्न  चाहँदैन: भीमार्जुन

प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य, यो सरकार भौगोलिक अखण्डता रक्षा गर्न  चाहँदैन: भीमार्जुन

नेपालखबर
जेठ १७, २०८३ आइतबार १८:२३, काठमाडौँ

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिले भारतीय अतिक्रमणलाई वैधानिकता दिनसक्ने चिन्ता जाहेर गरेका छन्। 

आइतबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति अति नै ‘असामान्य र गम्भीर’ रहेको टिप्पणी गरे।

उनले दुई देशको समस्यामा तेस्रो देशलाई आह्वान गर्नु अझ गम्भीर विषय भएको बताए।

‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ’ उनले लेखेका छन्, ‘आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन।’

अधिवक्ता आचार्यले वर्तमान सरकारले देशको भौगोलिक अखण्डताको रक्षा गर्न नसक्ने आरोप पनि लगाएका छन्। 

उनले सबै देशबासी थप सजग बन्नुपर्ने पनि स्पष्ट पारेका छन्।

आचार्यले लेखेका छन्, ‘यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो। सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ। सिंगो देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad