राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (आइतबार) बेलुकी बस्ने भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बेलुकी ८ बजे भर्चुअलरूपमा बैठक बस्ने भएको हो।
बैठकमा महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, प्रदेश अधिवेशन कार्यविधि, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायतका कार्यसूचीमाथि छलफल हुनेछ।
यी हुन् सचिवालयका कार्यसूची
१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा।
३. अनुशासनात्मक कारबाही सम्बन्धमा।
५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा।
७. विधान संशोधन सम्बन्धमा।
८. संघीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा।
९. विविध।
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा।
2.3k
Shares

प्रतिक्रिया