राजनीति


राहतका निहुँमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा चल्यो गोली, दर्जन बढी घाइते

राहतका निहुँमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा चल्यो गोली, दर्जन बढी घाइते

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १४:६,

सिरहामा राहतको विषयमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ।

गोली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ। उनीसँगै गम्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको छ।

आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए। उनीहरुमाथि नेकपाका वडाध्यक्ष पक्षले गोली चलाएको स्थानीयको आरोप छ।

नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले राहतको विषयमा आफ्ना वडाध्यक्षमाथि कांग्रेस र समाजवादीका कार्यकर्ताले आक्रमण गरेपछि गोली चलेको बताए।

तर, कसले गोली चलाएको भन्नेबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ।

झडपमा दुवै पक्षका करिब डेढ दर्जन घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad