समाज


खसोग्गीका छोराहरुले दिए हत्यारालाई माफी, प्रेमिकाको आपत्ति

खसोग्गीका छोराहरुले दिए हत्यारालाई माफी, प्रेमिकाको आपत्ति

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १३:५६,

टर्कीको इस्तानबुलस्थित साउदी अरबको दूतावासभित्र हत्या गरिएका पत्रकार जमाल खसोग्गीका छोराहरुले पिताका हत्यारालाई माफी दिएका छन्।

खसोग्गीका जेठा छोरा सलाह खसोग्गीले सामाजिक सञ्जालमार्फत परिवारले माफी दिएको घोषणा गरेका हुन्।

यसससँगै सो घटनामा साउदीले मृत्युदण्ड सुनाएका पाँच सरकारी एजेन्टको ज्यान बच्ने भएको छ।

सन् २०१८ को अक्टोबरमा दूतावासभित्रै खसोग्गीको हत्या भएपछि यो घटनामा ठूलो अन्तर्राष्ट्रिय चर्चा भएको थियो। घटनामा साउदी युवराज मोहम्मद बिन सलमान समेतलाई जोडिएको थियो।

त्यसपछि ११ जनाविरुद्ध आरोप दर्ता गरिएको थियो।

परिवारले माफी दिएपछि सजाय पाएकाहरुले ब्लडमनी तिर्नुपर्ने हुन्छ।

तर, खसोग्गीकी प्रेमिका हेतिस सेन्गिजले भने माफीनामाको विरोध गरेकी छन्।

‘हत्यारालाई माफी दिने अधिकार कसैलाई छैन। हामी हत्यारा र हत्याको आदेश दिने कसैलाई पनि माफी दिँदैनौँ,’ सेन्गिजले भनेकी छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad