आज बिहीबार काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख वर्षा हुने सम्भावना देखिएको हो।
'तर सम्भावना ३० प्रतिशत मात्र देखिएको छ', उनले बिहीबार बिहान नेपालखबरसँग भने, 'वर्षा भयो भने खण्डित रूपमा हल्का र कतै कतै मध्यमसम्म होला।'
अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ। तर तत्काल वर्षाको सम्भावना नदेखिएको मौसमविद् लामिछानेले बताए।
दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादलको अवस्थामा रहने अनुमान गरिएको उनलेे बताए।
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
234
Shares

प्रतिक्रिया