फिफा विश्वकप - २०२६ अन्तर्गत अहिले समूह ‘ए’ का अन्तिम दुई खेल भइरहेका छन्।
एउटा खेलमा विश्वकपको सह–आयोजक मेक्सिको र चेक गणतन्त्र भिड्दैछन्।

त्यसैगरी अर्को खेल दक्षिण कोरिया र दक्षिण अफ्रिकाबिच भइरहेको छ। २५ मिनेटमा खेल चलिरहँदा कुनै पनि टोलीले पहिलो गोल गरेका छैनन्।
आफ्नो अन्तिम खेल अगाडि नै लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको छ।
उता दक्षिण कोरियासामु जितसहित अर्को चरण पुग्ने चुनौती छ।
चेक गणतन्त्र र दक्षिण अफ्रिकासामु पनि अर्को चरण प्रवेशको सम्भावना अझै छ।
उनीहरू यो खेलबाट आफू अनुकुल नतिजा निकाल्ने प्रयासमा छन्।
मेक्सिको ६ अंकसहित शीर्ष स्थानमा छ। दक्षिण कोरिया भने ३ अंकमा दोस्रो स्थानमा छ। चेक गणतन्त्र र दक्षिण अफ्रिका १-१ अंकमा छन्।
60
Shares

प्रतिक्रिया