राजनीति


प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे रविले भने- परराष्ट्रले स्पष्ट पारिसकेको छ, त्यो भन्दा थप आवश्यक छैन

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे रविले भने- परराष्ट्रले स्पष्ट पारिसकेको छ, त्यो भन्दा थप आवश्यक छैन

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १९:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सीमा सम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको बताएका छन्। 

शुक्रबार भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै त्यसमा थप प्रष्टीकरण दिन आवश्यक नभएको बताए। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर आलोचना भइरहेको छ। 

त्यससम्बन्धी सोधिएको प्रश्नमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक भएको बताए। ‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धका विषय, राष्ट्रको परराष्ट्र नीतिको विषय, त्यो पार्टी पिच्छेको हुँदैन, देशको हुन्छ,’ लामिछानेले भने, ‘देशको परराष्ट्रनीति भएकाले र देशका प्रमुख प्रधानमन्त्री भएको हिसाबले प्रधानमन्त्री आफूले बोलेको कुरा के हो कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति मार्फत जानकारी गराइसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो।’

उनले यस विषयमा थप प्रष्टीकरण दिन आवश्यक नभएको बताए। ‘जुन विषयमा प्रश्न उठ्यो, प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता, हाम्रो आधिकारिक भनाइ यो हो, यो भन्न खोजेका हौँ भनेर आधिकारिक रुपमा जानकारी गराइसकेपछि त्यो भन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिँनँ,’ लामिछानेले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad