श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा बोलेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सीमाको विषयमा बोलेको कुरा सच्याउन माग गरेका हुन्। ‘सीमाको विषय प्रधान विषय हो,’ साम्पाङले भने, ‘अविलम्ब सच्याइनुपर्छ।’
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर साम्पाङले विरोध जनाएका हुन्।
अध्यक्ष साम्पाङले आफूले माफी शब्द प्रयोग नगर्ने बताए। माफी माग्नुनपर्ने बरु आफ्नो भनाइ सच्चिनुपर्ने उनको भनाइ थियो।
‘अरूले आएर सच्याइदिने पनि भन्ने कुरा सुनएको छ, त्यो मान्य हुँदैन,’ साम्पाङले भने, ‘अरुले गरे हुँदैन, प्रधानमन्त्रीले नै संसद्मा आएर सच्याउनुपर्छ।’
Shares

प्रतिक्रिया