राजनीति


कांग्रेस नेताद्वय कोइराला र निधिबीच भेटवार्ता

कांग्रेस नेताद्वय कोइराला र निधिबीच भेटवार्ता

नेपालखबर
असार २०, २०८३ शनिबार १३:५१, काठमाडौँ

नेपाली कांग्रेस नेताद्वय डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच शनिबार भेटवार्ता भएको छ। 

भेटवार्ताका लागि डा. कोइराला काठमाडौँको बानेश्वर हाइटस्थित निधि निवास पुगेका हुन्। दुवै नेताबीच करिब एक घण्टा भेटवार्ता भएको जनाइएको छ। 

नेता निधिको सचिवालयका अनुसार, दुवै नेताबीच कांग्रेसको आन्तरिक विवादका विषयमा छलफल भएको छ। आउँदो १५औँ महाधिवेशनमा कांग्रेसलाई कसरी एकजुट गरेर लैजाने भन्ने विषयमा छलफल भएको जनाइएको छ। यससँगै दुवै नेताबीच सामसामयिक राजनीतिक विषयमा छलफल भएको छ। 

यसअघि शुक्रबार कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा संस्थापन इतर समूहका नेताबीच छलफल भएको थियो। त्यस छलफलमा डा. कोइराला सहभागी थिएनन्। 

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूले कांग्रेसको आगामी महाधिवेशनका विषयमा छलफल भएको थियो। उनीहरू अर्को बैठक असार २२ गते चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा गर्ने तय गरेका छन्। त्यही बैठकले राष्ट्रिय भेलाबारे निर्णय गर्ने भएको छ। 

देउवा पक्षका नेताहरू छलफलमा जुटिरहेको बेला डा. कोइरालाले पनि सक्रियता बढाएका हुन्। उनले पनि आगामी महाधिवेशनलाई लिएर नेता निधिलाई भेटेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad