नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ।
सोमबार विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुन्धान जारी रहेकोले हिरासतमा राख्न विभागले अनुमति माग गरेको थियो।
यसअघि असार २४ मा पाँच दिन म्याद थप गरिएको थियो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
861
Shares

प्रतिक्रिया