राजनीति


सरकारले सुकुम्वासीप्रति गरेको व्यवहार अमानवीय: कांग्रेस

सरकारले सुकुम्वासीप्रति गरेको व्यवहार अमानवीय: कांग्रेस

नेपालखबर
असार ३०, २०८३ मंगलबार १९:४१, काठमाडौँ

सरकारले सुकुम्वासीप्रति अमानवीय व्यवहार गरेको नेपाली कांग्रेसले औंल्याएको छ।

मंगलबार बसेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुकुम्वासी समस्या समाधानबारे साझा दृष्टिकोण निर्माण गर्ने विषयमा छलफल गरेको थियो। बैठकले सुकुम्वासीप्रति सरकारले अमानवीय व्यवहार गरेको ठहर गरेको हो। 

‘सुकुम्वासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढंगले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनैतिक दलको अलग-अलग रूपमा साझा प्रतिबद्धता थियो। तर निर्वाचन पश्चात बनेको सरकारले जे-जस्तो व्यवहार सुकुम्वासीप्रति गर्‍यो, त्यो अलोकतान्त्रिक मात्र नभएर अमानवीय समेत छ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘नीति प्रतिष्ठानको यो बैठक त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर निन्दा गर्दछ।’

यससँगै प्रतिष्ठानले भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्ने विषय सत्तापक्ष, प्रतिपक्षलगायत सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी र साझा दायित्वको विषय भएको जनाएको छ। पछिल्लो समय सरकारको रवैयाका कारण जटिल बन्न पुगेको यो विषयलाई हल गर्न फेरि पनि सरकार र दलहरूबीच साझा दृष्टि र साझा कार्ययोजना निर्माण गर्न जरुरी रहेको कांग्रेसको ठहर छ। 

‘अतः नीति प्रतिष्ठानको यो बैठक संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव अघि बढाएर यो विषयमा अग्रसरता लिन संसदीय दललाई आग्रह गर्ने निर्णय गर्दछ,’ प्रतिष्ठानको निर्णयमा भनिएको छ। 

त्यस्तै, प्रतिष्ठानको बैठकले भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अन्तर पार्टी संवादको आवश्यकता ठहर गरेको छ। त्यसका लागि प्रतिष्ठानको तर्फबाट आवश्यक सहजीकरण र समन्वय गर्न भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजिकरण संयन्त्र’ गठन गर्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad