विभिन्न राजनीतिक दल निकट ११ विद्यार्थी संगठनहरूले अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ६ विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेका छन्।
बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी संगठनहरूले अनेरास्ववियुका अध्यक्ष धामी लगाएतका विद्यार्थी नेताहरूलाई प्रहरीले गरेको गिरफ्तारीको घोर भर्त्सना गर्दै यथाशीघ्र रिहाई गर्न माग गरेका हुन्।
‘आफ्नो आलोचना गर्नेहरूको विरुद्ध राज्यले आफैं आतंकको आयोजना गरेर इतिहास मै घृणित र लज्जास्पद काम गरेको छ। राज्य सृजित आतंकको सांकेतिक विरोध गर्ने सिलसिलामा विद्यार्थीहरूमाथी दमन र धरपकड गर्न थालिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले राज्य आतंकको घोर भण्डाफोर गर्दै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी साथीहरूको यथाशीघ्र रिहाईको अपिल गर्दछौँ।’
बुधबार बिहान सिंहदरबारको दक्षिण गेटमा पर्चा पम्प्लेटसहित प्रदर्शन गर्ने क्रममा नेकपा (एमाले) निकट अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ति विद्यार्थी नेताहरूलाई सिंहदरबार वृत्तमा राखिएको छ।


प्रतिक्रिया