नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली कांग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन्।
बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकतावद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे।
उनले संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली कांग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरे।
18
Shares

प्रतिक्रिया