राजनीति


एमसीसीबारे निर्णय गर्न परराष्ट्र मन्त्री, अर्थ मन्त्री र भीम रावलसहित बस्यो नेकपाको सचिवालय बैठक

एमसीसीबारे निर्णय गर्न परराष्ट्र मन्त्री, अर्थ मन्त्री र भीम रावलसहित बस्यो नेकपाको सचिवालय बैठक

नेपालखबर
जेठ १७, २०७७ शनिबार ५:५०,

सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा सुरु भएको छ।

बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थ मन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावललाई समेत आमन्त्रित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। पार्टीका शीर्ष नेताहरु रहेकाे सचिवालयमा ज्ञवाली, रावल र खतिवडा सदस्य छैनन्।

थापाका अनुसार एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेकाे सो बैठकमा दुबै जना अध्यक्ष र सबै सदस्यहरूको उपस्थिति छ।

बैठकमा एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने प्रस्तावको चर्को विरोध गर्ने रावल र त्यसलाई पारित गर्न लविङ गर्दै आएका परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री खतिवडालाई समेत बोलाइएको हुँदा त्यसबारे आज निर्णय गरिने अपेक्षा गरिएको छ।

अमेरिकासँग आर्थिक सहयोग लिने एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ नेकपाका नेताहरुबीच चर्को विवाद छ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, लगायत अनुमोदन गरेर सो सहयोग लिनुपर्ने पक्षमा छन् भने झलनाथ खनाल, भीम रावल, देव गुरुङ, लिलामणि पोखरेल आदि नेताहरुले यसको चर्को विरोध गरेका छन्।

त्यसका केहि पक्षलाई प्रष्ट नपारी अनुमोदन गर्न नहुने धारणा राख्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधव नेपाल लगायत नेताहरुले पछिल्लो समय त्यसबारे केहि धारणा सार्वजनिक गरेका छैनन्।

याे पनि: 
एमसीसीका आयोजनामा ९ अर्ब बजेटः अमेरिकालाई आश्वस्त पार्ने, विपक्षीलाई पेल्ने ओली रणनीति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad