सरकारले संविधान संशोधन बिधेयक संसदमा पेश गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले आइतबार संसद बैठकमा सो विधेयक पेश गरेकी हुन्।
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर अध्यावधिक गरेको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधानको दोश्रो संशोधन गर्न लागेको हो।
यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखेपछि पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेपछि सूचीबाट हटाइएको थियो।
शनिबार नेपाली कांग्रेसले संशोधनको पक्षमा मत हाल्ने निर्णय गरेको छ।
भिडियाे:
याे पनि:
किन हट्यो संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट?

प्रतिक्रिया