समाज


नेपाल छिर्न सर्लाहीमा भारतीयको ठूलो समूहद्वारा सुरक्षाकर्मीलाई नै आक्रमण प्रयास

नेपाल छिर्न सर्लाहीमा भारतीयको ठूलो समूहद्वारा सुरक्षाकर्मीलाई नै आक्रमण प्रयास

नेपालखबर
जेठ १८, २०७७ आइतबार ५:५२,

सर्लाहीस्थित सीमा नाकाबाट नेपाल छिर्न नपाएपछि आज (आइतबार) बिहान ठूलो संख्यामा भारतीय नागरिकको समूहले सुरक्षाकर्मीलाई नै आक्रमण प्रयास गरेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर ५ स्थित पकडी नाकामा खटिएका सशस्त्र प्रहरीको टोलीलाई ५०–६० जनाको संख्यामा आएको भारतीय समूहले घेरा हालेकाे हाे। 

त्यसपछि सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायर गरेर उनीहरूलाई भगाएको प्रमुख जिल्ला अधिकारी जिसीले नेपालखबरलाई जानकारी दिए।

‘आज बिहान सुरुमा ३-४ जना तस्करले भारतबाट केही सामान नेपाल छिराउन खोजेछन्,’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले टेलिफोनमा नेपालखबरसँग भने, ‘सशस्त्र प्रहरीले नदिएपछि फर्किएका उनीहरू फेरि ५०–६० जनाको हुलमा आएर सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेछन्।’

सशस्त्र प्रहरी स्राेतका अनुसार एक्कासि ठूलाे संख्यामा आएकाे समूहले हतियारै खाेस्न खाेजेपछि तत्काल फायर खाेली तितरबितर पारिएकाे हाे। अन्यथा घटनाले ठूलो रूप लिने सम्भावना थियो।

‘अहिले स्थिति सामान्य भइसकेको छ,’ प्रमुख जिल्ला अधिकारी जिसीले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad