समाज


हत्याकाण्डको अनुसन्धान गर्न मानवअधिकार आयोगको टोली रुकुम–जाजरकोट प्रस्थान

हत्याकाण्डको अनुसन्धान गर्न मानवअधिकार आयोगको टोली रुकुम–जाजरकोट प्रस्थान

नेपालखबर
जेठ १८, २०७७ आइतबार ५:४९,

अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने आयोगले बताएको छ।

‘जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पु¥याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आग्रह गर्दछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad