राजनीति


रुकुम घटनामा संसदीय छानबिन समिति बनाउन सभामुखलाई ज्ञापन

रुकुम घटनामा संसदीय छानबिन समिति बनाउन सभामुखलाई ज्ञापन

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:५५,

सांसदहरुले रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटी मानबहादुर विश्वकर्मा सहितका केही सांसद र दलित अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिले संयुक्तरुपमा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका हुन्।

उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने तर्फ सरकार गम्भीर नबनेको भन्दै संसदीय विशेष समिति गठन गर्न सभामुखसँग माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र त्यसबार सबैसँग परामर्श गर्ने प्रतिक्रिया दिएको सांसद मिन विश्वकर्माले जानकारी दिए।

ज्ञापन पत्रमा सांसदहरुले छुवाछूत मुक्त राष्ट्र घोषणाको १४ वर्षमा प्रवेश गर्दै गर्दा रुकुम पश्चिममा भएको घटनाले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ लगायत प्रचलित ऐन कानूनहरु मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र लगायत विभिन्न प्रतिवद्धताहरुलाई रुकुम पश्चिमको घटनाले ठाडै चुनौति दिएकाले आफूहरुको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेका छन् ।

अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad